काठमाडौँ । नेपालको पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारसँग मिलेर १० अर्ब लगानी गर्ने भएको छ ।
राजधानीमा आयोजित दुई दिन लगानी सम्मेलनको दोस्रो दिन आज शनिवार एनआरएनएका अध्यक्ष भवन भट्टले लगानी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल सरकार समेतको लगानीमा स्थापना हुने इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट कोषको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र चालु पुँजी १० अर्ब रहनेछ ।