स्वर्णपदक विजेता अजितकुमार यादव सम्मानित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वर्णपदक विजेता अजितकुमार यादव सम्मानित


प्रशासन संवाददाता

१२ चैत्र २०७५, मंगलबार


काठमाडौं । नेपाल एथ्लेटिक्स संघले हङकङमा सम्पन्न तेस्रो युथ एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी अजितकुमार यादवलाई सम्मान गरेको छ ।

संघद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा अजितलाई सम्मान स्वरुप टिभिएस मोटरसाइकल प्रदान गरिएको हो । अजितले हङकङमा भएको उक्त च्याम्पियनसिपको ३ हजार मिटर दौडमा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।

संघका अध्यक्ष राजिव विक्रम शाहले विभिन्न समस्याका बाबजुत पनि अजितले नेपाललाई स्वर्ण दिलाएकोमा एथ्लेटिक्स संघको मात्र नभई सिङ्गो नेपालको नाम उच्च भएको विचार व्यक्त गरे ।

यस्तै संघले अजितका प्रशिक्षक धनीराम चौधरीलाई समेत रु एक लाख प्रदान गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।

स्वर्ण विजेता अजितले यस किसिमको सम्मानले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्न हौसला मिल्ने बताए । उनले नेपालमा ट्रेनिङ गर्ने उपयुक्त पूर्वाधार भएमा अझै नयाँ प्रतिभाको जन्म हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस