सिँहदरवारमा नेपाली सेना : सरसफाइदेखि सुरक्षासम्म(फोटो फिचर) « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

सिँहदरवारमा नेपाली सेना : सरसफाइदेखि सुरक्षासम्म(फोटो फिचर)


१२ चैत्र २०७५, मंगलबार


सिँहदरवारमा नेपाली सेना

काठमाडौँ । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा नेपाली सेनाले सर सफाइ गरेको छ ।

सिंहदरवार परिसर अनुगमन समितिको नेतृत्वमा सञ्चालित सफाइ अभियान अन्तर्गत नेपाली सेनाले सिंहदरवारमा सफाइ गरेको हो ।

सिंहदरवार परिसरलाई स्वच्छ र हरियाली बनाउने योजनाअनुसार थालिएको सरसफाइ अभियानमा नेपाली सेनाका सयौँ अधिकारीहरू सहभागी रहेका थिए ।

प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार नेपाली सेनाले परिसर सरसफाइ गरेको नेपाली सेनाले सरफाईमा जुटेको सिँहदरवारस्थित चण्डी दल गणका गणपति प्रमुख सेनानी लक्ष्मण खत्रीले बताए ।

सिँहदरवारलाई कसरी सफा सुग्घर राख्न सकिन्छ भन्नेबारे समितिका संयोजक विनोदबहादुर कुँवरबाट सुझाव माग पछि सेनाले पावर प्वाइन्ट प्रजेन्टेसन गरेर नै आवश्यक सुझावसहित सफाइ अभियानलाई सघाएको गणपति खत्रीले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्त्ता विनोद बहादुर कुँवरको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयलगायत विभिन्न मन्त्रालय तथा सुरक्षा निकायका अधिकारी सम्मिलित टोलीले केही महिना यता सिंहदरवार सरसफाइ अभियानलाई तीव्रता दिएको छ । सफाइ अभियान पछि सिँहदरवार परिसर हिजोको भन्दा सफा, हरियाली र व्यवस्थित देखिएको छ ।

हेर्नुहोस् तस्बिरमा

Nepal Army

Tags :
प्रतिक्रिया दिनुहोस