२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृति समाप्त हुँदैन : नेता नेपाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताएका छन् ।

बराह क्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी डा कृष्णदासलाई आज यहाँ नागरिक अभिनन्दन गर्दै उनले धर्म संस्कृति मान्छे र देशको पहिचान भएको बताए। वरिष्ठ नेता नेपालले नेपालीसँग रहेको अन्तरनिहित शक्तिलाई प्रयोगमा ल्याउन नसकेको तर्क गरे ।

आफूमा भएको अन्तरनिहित शक्तिले यहाँको धर्म संस्कृति, परम्परा, संस्कारलाई त्यागेर विदेशीको पछि लागेर नेपाली हुँ भन्नेलाई धिक्कार्नुपर्ने उनले बताए। धर्म संस्कृति ज्ञानको अखण्ड भण्डार रहेको पनि उनले बताए । धर्मसँग जोडेर आफूमाथि टिका टिप्पणी भएकोतर्फ लक्षित गर्दै उनले भने, ‘हाम्रो परिवार सम्पन्नशालि परिवार हो, मेरो बुबा पण्डित भएकाले माछा, मासु त चल्दैन फेरी रक्सी टाढाको कुरा हो ।’

उनले भने, ‘यस्ता व्यक्तिको बारेमा कुरा सुन्दा खेरी अचम्म लाग्यो, यो कस्तो देश भएछ । कसैले हल्ला चलायो त्यसैको पछिपछि कुद्ने ।’

अभिनन्दित भएपछि डा.कृष्णदासले हिन्दू धर्मको आवाज उठाउँदा हिन्दू धर्म के हो सिक्नुपर्ने बताए । उनले भने, ‘ब्रम्ह केहो, जीव केहो, हिन्दुत्व केहो जान्न जरुरी छ ।’ आफूभित्र हिन्दुत्व जगाउनुपर्ने भन्दै उनले यसले सोच र वुद्धिमा फरक ल्याउने बताए । कार्यक्रममा प्रमुख अतिथि नेपालसहित अतिथिले डा.कृष्णदासलाई २१ किलोको माला र फूलले अभिनन्दन गरेका थिए ।

अभिनन्दन समारोह अघि डा दासलाई रथयात्रा गरी नगर परिक्रमा गराइएको थियो ।