सरकार असफलतातर्फ उन्मुख : डा बाबुराम भट्टराई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकार असफलतातर्फ उन्मुख : डा बाबुराम भट्टराई


११ चैत्र २०७५, सोमबार


काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताएका छन्।

उनले ले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढ्दै गएको, विकास खर्चसमेत लक्ष्यअनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख भएको बताएका हुन्।

एक कार्यक्रममा बोल्दै डा. भट्टराईले सरकारको एक वर्षे कार्यकालबाट जनतासमेत सन्तुष्ट हुन नसकेको बताए ।

उनले जनताको अपेक्षाअनुसार मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक काम गर्न नसकेको बताए

Tags :
प्रतिक्रिया दिनुहोस