२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरुष बन्ध्याकरणमा महिला बाधक

अ+ अ-

डोटी । डोटीका अधिकांश महिलाहरुले आफ्ना श्रीमान्लाई स्थायी बन्ध्याकरण गर्न नदिने गरेको पाईएको छ ।

बडीकेदार गाउँपालिकाकी अनिता (नाम परिवर्तन) गत सोमवार बिहानै आफ्ना श्रीमान्संगै बडीकेदार गाउँपालिका–२ खड्यौली पुगिन् ।
उनी स्थायी बन्ध्याकरणका लागि त्यहा पुगेकी थिईन ।

उनका श्रीमान्ले आफु स्थायी वन्ध्याकरण गर्ने जिद्धि गर्दै थिए तर अनिताका अगाडी उनको जिद्धिले काम गरेन् ।

अनितालाई स्वास्थ्य कर्मीहरुले पनि सम्झाउन खोजे तर उनले सुन्नै चाहिनन् अन्ततः आफ्नै मिनिल्याप गराईन् ।

आदर्श गाउँपालिकामा पनि महिलाहरुले श्रीमान्लाई स्थायी वन्ध्याकरण गर्न नदिई आफै गरेको डोटी जिल्ला अस्पतालका एम.डि.जि.पी डा.गिरिश अवस्थीले बताए ।

‘दुई जना पुरुषहरु आएर लाईनमै बसिसकेकाक थिए । डा.अवस्थीले भने ‘उनीहरुका श्रीमती आए र आफु स्थायी वन्ध्याकरण गर्ने भन्दै नाम टिपाए उनीहरुलाई गर्न दिएन् ।’यी यस्ता प्रतिनिधीमुलक घटना मात्र हुन तर डोटीका अधिकांश महिलाहरुले आफ्नो श्रीमानलाई स्थायी वन्ध्याकरण गराउन मान्दैनन् ।

नेपाल सरकारको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयका साथै स्थानीय स्वास्थ्य संस्थाहरुको समन्वयमा नेपाल परिवार नियोजन संघ डोटी शाखाले जिल्लाका १७ स्थानमा सञ्चालन गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गराउने २ सय १६ मध्ये एक सय ६७ महिला रहेका छन् ।

यो संख्या सेवा लिने कुन संख्याको ७७ प्रतिश हुन आउँछ । शिविरमा सवैभन्दा बढी आदर्श गाउँपालिकामा ५१ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । यस गाउँपालिकामा जम्मा ६० ले उक्त सेवा लिएका थिए ।

यस्तै सायल गाउँपालिकामा २२ मध्ये १९ महिला, दिपायल सिलगढी नगरपालिकामा ३० जना मध्ये २२ महिला, के आई सिंह गाउँपालिकामा ११ जना मध्ये नौ महिला र शिखर नगरपालिकामा १०जना मध्ये ६ महिलाले स्थायी बन्ध्याकरण गराएका छन् । स्थायी बन्ध्याकरण सुविधा लिनेहरुमा पूर्वीचौकी गाउँपालिकामा २६ जना मध्ये २५ महिला, जोरायलमा १७जना मध्ये १२ महिला र बडीकेदारमा २५ जना मध्ये १७ जना महिला रहेका छन् ।

बोगटान गाउँपालिकामा भने पुरुषको संख्या बढी देखिएको छ । यस गाउँपालिकामा बन्ध्याकरण सेवा लिने १५ मध्ये ९ जना पुरुष रहेका थिए । पुरुषहरुले बन्ध्याकरण गरे शारीरिक रुपमा कमजोर हुने भन्दै महिलाहरुले आफ्ना श्रीमान्लाई बन्ध्याकरण गर्न नदिने बरु आफै मिनील्याप गर्ने गरेको नेपाल परिवार नियोजन संघ डोटी शाखाका प्रवन्धक चेतराज फुलाराले बताए ।

उनले भने ‘पुरुषहरु कामका लागि वाहिर जानु पर्ने भएकाले कमजोरी हुन्छन् बन्ध्याकरण गरे यौन क्षमतामा पनि हार्‍स आउन्छ भन्ने भ्रम महिलाहरुमा अझै कायम छ त्यसैले गर्दा उनीहरुले श्रीमान्लाई बन्ध्याकरण गर्नबाट रोक्छन् ।

श्रीमतीले मात्रै नभएर अन्य आफन्त महिलाहरुले पनि पुरुषलाई बन्ध्याकरण गर्नबाट रोक लगाउने गरेको समेत फुलाराको बुझाई छ । बन्ध्याकरण गर्दा शारीरिक रुपमा कमजोरी नहुने वताउँछन् जिल्ला अस्पताल डोटीका डा.अवस्थी ।

उनी भन्छन् ‘महिलाहरुभन्दा पुरुषहरुलाई स्थायी वन्ध्याकरण गर्न सजिलो हुन्छ, पुरुषहरुमा जोखिम पनि कम हुन्छ ।’ उनले सामान्य ढाड दुख्ने समस्या हुन सक्ने तर अन्य कुनै समस्या नहुने वताए । महिलाहरु श्रीमान्माथी निर्भर भएका कारण उनीहरुले श्रीमान्लाई केही भई पो हाल्छ कि भनेर डर मान्ने गरेको अवस्थीको बुझाई छ ।