शिखर नगरपालिका डिजिटल सूचना पाटी जडान गर्ने पहिलो स्थानीय तह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिखर नगरपालिका डिजिटल सूचना पाटी जडान गर्ने पहिलो स्थानीय तह


५ चैत्र २०७५, मंगलबार


डोटी । कार्यालयमा डिजिटल सूचना पाटी जडान गरेसँगै डोटीको शिखर नगरपालिका डिजिटल सूचना पाटी जडान गर्ने पहिलो स्थानीय तह भएको छ ।

प्रविधिलाई ध्यानमा राख्दै नगर कार्यपालिकामा सेवा लिन आउने सेवा ग्राहीको सहजताको लागि डिजिटल सूचना पाटी सुरु गरिएको शिखर नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताए ।

उनले भने विधुतिय माध्यमबाट सूचना प्रवाह गर्ने सूचना पाटीबाट नगरपालिकाबाट दिइने सेवा सुविधाहरू, नागरिक वडा पत्र, नगरपालिकाले गरेका हरेक कार्यक्रमहरू, योजनाहरू , नगरपालिका विभिन्न तथ्याङ्कहरू लगायत जानकारीहरू राखिने छन् ।

डिजिटल सूचना पाटीले आम सेवा ग्राहिको सूचनामा सहज पहुँच, पारदर्शी र नगरपालिकाबाट प्रदान गरिने हरेक सेवा सुविधाको गतिविधिका बारेमा कसैलाई सोध्नै नपर्ने झण्झडवाट मुक्त हुन समेत सूचना अधिकृत मल्लले बताए ।

अब उप्रान्त हरेक नागरिकले आफूलाई चाहिएका र आवश्यक चासोका विषयमा सहज रूपमा सूचना पाटीबाट सूचना प्राप्त गर्न सक्ने शिखर नगरपालिका प्रमुख सिताराम जोशीले बताए ।

उनले भने शिखर नगरपालिका बदलिँदो सञ्चारको युग सँगै नयाँ प्रविधिलाई सँगै जोडेर जान खोजेको छौ । यसले सेवा ग्राहीलाई सेवा उपभोगमा थप सहजता हुन्छ ।

उनका अनुसार उक्त सेवा गाउँपालिकामा सञ्चालन गर्नुका साथै नगरपालिकाका अन्य बडाहरूमा पनि डिजिटल सूचना पाटीको अभियानलाई निरन्तरता दिइने छ ।

डिजिटल सूचना पाटीले सूचना सम्प्रेसण र प्रवाहमा समेत सहजता हुने शिखर नगरपालिकाका प्रेस सल्लाहकार योगेन्द्र बलायरले बताए

नगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारीका साथै नगरपालिकाले गरेका गतिविधिहरूको बारेमा जानकारी गराई सुशासन, जवाफदेहीता र पारदर्शितासमेत हुने उनको भनाई छ ।

शिखर नगरपालिकाले यस भन्दा पहिले पनि घर घरमै सेवाको पहुँच पुर्‍याउने उद्देश्यले मोबाइल एप्स सञ्चालन गरिसकेको छ । ७ वटा गाउँपालिका र २ नगरपालिका रहेको डोटीमा डिजिटल सूचना पार्टी जडान गर्ने यो पहिलो स्थानीय तह हो ।

Tags :
प्रतिक्रिया दिनुहोस