नियन्त्रित लागूऔषध सहित एक पक्राउ  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नियन्त्रित लागूऔषध सहित एक पक्राउ 


५ चैत्र २०७५, मंगलबार


काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन नूफिन २ सय एम्पुल, डाईजेपाम २ सय एम्पुल र फेनारगन १ सय ८० एम्पुल सहित भारत मोतीहारी रक्सौल थाना आश्रमरोड-८ बस्ने २२ वर्षीय रमेश साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस