२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास निमार्णको काम समयमा सम्पन्न नहुँदा समस्या

अ+ अ-

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले निमार्णाधिन योजना समयमा सम्पन्न गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएका छन् ।

पर्वतको मोदी गाउँपालिकाको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले सरकारले बजेट विनियोजन गरेका योजना समयमा सम्पन्न नहुँदा विकास निमार्णमा समस्या भएको बताएका हुन् ।

‘विकास निमार्णलाई पहिलो प्रथामिकता राखेर सरकारले साना–ठूला थुप्रै योजनालाई बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘तर, समावेश योजना र बजेटको काम समयमा सुरु नहुने र निमार्णाधिन योजना पनि समयमा सम्पन्न नहुँदा राष्ट्रलाई ठूलो नोक्सान भएको छ ।’

अध्यक्ष तिमिल्सिनाले योजना समावेश गर्नु मात्रै ठूलो विषय नभएको बताउँदै समयमा सम्पन्न गराउन तथा गुणस्तरीय बनाउन सरकारी संयन्त्र र स्थानीय उपभोक्ता बढी सक्रिय हुनुपर्ने धारणा राखे । उनले अहिले सडक, पुल, पर्यटन पूर्वाधारलगायत क्षेत्रमा थुप्रै बजेट विनियोजन भएपनि काम हुन नसक्नु मुख्य समस्या भएको बताए ।
‘योजना समयमा सम्पन्न तथा गुणस्तरीय नहुनुको कारण पहिचान गर्न जरुरी छ,’ उनले भने, ‘नीतिगत रुपमा परिमार्जन गर्न जरुरी भए त्यसमा पनि सरकारले ध्यान दिनुपर्छ ।’

उनले पर्वत जिल्लामा पनि राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गलगायत थुप्रै साना–ठूला योजनाको काम भइरहेको बताउँदै त्यसको गुणस्तरमा स्थानीय जनप्रतिनिधि, प्रशासन र उपभोक्ताले ध्यान दिनुपर्नेमा जोड दिए।

सरकारले जनतालाई उद्यमशीलताको विकासका लागि पर्यटन, होमस्टे, कृषि, पशुपलान लगायत विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेको बताउँदै त्यसको सही सदुपयोग हुनुपर्ने धारणा अध्यक्ष तिमिल्सिनाले राखे ।

‘विकासका पूर्वाधारलाई जनताको जीवनस्तर सुधार गर्न प्रयोग गर्नुपर्छ, अनि मात्रै देश समृद्ध बन्न सक्छ,’ उनले भने।
सो अवसरमा उनले पर्वतको मोदी गाउँपालिकामा पञ्चासे, भमरकोट, हम्पाल लेक लगायत थुप्रै पर्यटकीय गन्तव्य रहेकाले ती ठाउँमा पूर्वाधार विकास तथा प्रचार गरी व्यवसायीक रुपमा अगाडि बढाउनुपर्ने बताए ।