राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति स्वदेश फिर्ता : महिला सशक्तीकरणमा नेपालले हासिल गरेका प्रगति विश्वलाई सन्देश


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिई आज स्वदेश फर्किएकी छन् । स्वदेश फर्कने क्रममा उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री र परराष्ट्रमन्त्रीले स्वागत गरेका थिए ।

सो अवसरमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक अङ्गका प्रमुख, विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको पनि उपस्थिति थियो ।

राष्ट्र संघको प्रधान कार्यालयमा गत फागुन २७ देखि यही चैत ८ गतेसम्म आयोजना भइरहेको अधिवेशनका क्रममा राष्ट्रपति भण्डारीले फागुन २८ गते ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गरेकी थिइन् राष्ट्रसंघ महासभाका सभाध्यक्ष श्रीमती मारिया फर्नान्डा इस्पिनोजा गार्सेसले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गत फागुन २६ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेकी थिइन् ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव शङ्करदास वैरागीले अधिवेशनका क्रममा आयोजना गरिएका तीन उच्चस्तरीय समूह छलफलमध्ये राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले कसरी विश्व परिवर्तन गर्न सक्छन्’ भन्ने विषयमा सहभागी भई आफ्नो विचार राखेको जानकारी दिए ।

राष्ट्रपति भण्डारीले लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक संघर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीका बारेमा बताएकी थिइन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस