आँखाको हेरचाहमा ध्यान दिनुस् : मुख्यमन्त्री पोखरेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आँखाको हेरचाहमा ध्यान दिनुस् : मुख्यमन्त्री पोखरेल


प्रशासन संवाददाता

१ चैत्र २०७५, शुक्रबार


Shankar pokhrel

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उनले आँखा शरीरको महत्वपूर्ण अङ्ग भएको उल्लेख गरे ।

मुख्यमन्त्री पोख्रेलले महिलाले अझै पनि पाठेघरको रोग लुकाई राख्ने गरेका कारण पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै समयमै पाठेघर जाँच गरेर आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताए ।

त्यस अवसरमा मोतिविन्दुको शल्यक्रिया, महिलाको पाठेघरको क्यान्सर तथा मिर्गौला रोगको परीक्षणका लागि काठमाडौँसहित दाङका विभिन्न अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस