क्लब ९९ मा लागेको आगो नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्लब ९९ मा लागेको आगो नियन्त्रणमा


२५ फाल्गुन २०७५, शनिबार


आगलागी

चिप्लेढुङ्गा । पोखराको लेकसाइड हल्लनचोकस्थित क्लब ९९ मा लागेको आगो नियन्त्रणमा आएको छ । सोही क्लबको तल्लो तलामा रहेको बर्गर बेकरीमा ग्यास चुहिएर सिलिण्डर पड्कँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार राति ९ बजे लागेको आगो झण्डै सवा घण्टापछि दमकल, नेपाल प्रहरी एवं स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको हो । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस