सुनसरीमा गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनसरीमा गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते


प्रशासन संवाददाता

२४ फाल्गुन २०७५, शुक्रबार


बस दुर्घटना

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ७११६ नम्बरको हायसले ठक्कर दिएको थियो ।

हायसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सप्तरी सप्तकोशी नगरपालिका–३ फत्तेपुरका ६० वर्षीय अम्मरबहादुर थापा मृत्यु भएको हो भने उनका छोरा मोटरसाइकल चालक ३८ वर्षीय मोहनराज घाइते भएका हुन् ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकोमा गम्भीर घाइते बाबुको उपचारको क्रममा मृत्यु भएको छ भने छोराको अवस्था सामान्य रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

हायस र चालक जिल्ला रामेछाप दुरम्बा गाउँपालिका–७ थापागाउँका ४२ वर्षीय राम तामाङ जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताए ।

प्रतिक्रिया दिनुहोस