कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कार्यकाल लम्ब्याउने पक्षमा छैन : सभापति देउवा


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिए ।

सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा.शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उनको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताए ।

‘पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन’, उनले बताए । कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो । जिल्ला सभापतिहरुले विशेष महाधिवेशन गर्नुपर्ने मागसम्बन्धी लिखित जानकारी अझसम्म नआएको उनले बताए।

सभापति देउवाले ‘वाइड बडी’ विमान खरीदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने बताए । उनले नेवि संघको तदर्थ समिति चाँडै गठन गरिने बताए । उनी न्यू सृष्टि दैनिकको वार्षिकोत्सव समारोहमा सहभागी हुन आज विराटनगर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस