चितुवाको आक्रमणबाट प्रहरी घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चितुवाको आक्रमणबाट प्रहरी घाइते


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


लम्की । चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् ।

आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते भएका हुन् ।

घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । घाइते धिताल खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

धिताललाई चितुवाले घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट पुर्‍याएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस