एघार महिनामा विप्लव समूहका ३७५ पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एघार महिनामा विप्लव समूहका ३७५ पक्राउ


प्रशासन संवाददाता

२० फाल्गुन २०७५, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो ।

फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन् ।

पक्राउ परेकासँग प्रहरीले चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरेको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्य विरुद्धका गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । “पक्राउ परेकामध्ये केहीलार्य अनुसन्धान गरेर छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस