शंकराचार्यद्धारमा पंचमुखि शिवलिङ्गको स्थापना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शंकराचार्यद्धारमा पंचमुखि शिवलिङ्गको स्थापना


प्रशासन संवाददाता

२० फाल्गुन २०७५, सोमबार


वीरगन्ज । नेपालको प्रमुख प्रवेशद्धार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरीएको छ ।

वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्धारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्धारमा शिवलिङ्गको स्थापना गरिएको हो ।

बैद्यीक मत्र तथा पुजन गरी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्मकुमार भूसालले शिव लिङ्गको प्राणप्रतिष्ठा गरे पछि नगर प्रमुख विजय कुमार सरावगी, र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष एवम वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक बैद्यले संयुक्त रुपमा शिवलिङ्गको अनावरण गरेका थिए ।

रु ३ लाख २१ हजार मुल्य परेको पंचमुखी शिवलिङ्ग शालिमार होमस प्रालिद्धारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्मकुमार भूसालले बताए ।

दाता अशोक बैद्यलाई धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकिय अधिकृत डा.भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्धारको सौन्दर्यीकरण गर्दे पर्यटकिय स्थल बनाउने महानगरपालिको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुदै गएको बताए ।

मुलुककै आर्थिक नगरी वीरगञ्ज लगायत नेपालमा भारतबाट प्रवेश गर्ने आगन्तुकहरुको स्वागत गर्दै नेपालको पहिचानलाई झलकाउने नेपाली झन्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरेपछि भारतबाट आएका आगन्तुकहरुको लागी उक्त क्षेत्र सेल्फी साइटको रुपमा विकसित हुदै गएको छ ।

स्थापना गरिएको शिवलिङ्गमा फाउन्टेन लाइट तथा फोहराको जडान पति छिटै गरिने महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।उनले विभिन्न दाताहरुको सहयोगमा वीरगन्जको विकास कार्यलाई अघि बढाउने आफ्नो अभियान जारी रहेको समते बताए ।

 

प्रतिक्रिया दिनुहोस