राहत शिक्षकमाथि पानीको फोहोरा र अश्रुग्यास, केही शिक्षक घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राहत शिक्षकमाथि पानीको फोहोरा र अश्रुग्यास, केही शिक्षक घाइते


प्रशासन संवाददाता

२० फाल्गुन २०७५, सोमबार


काठमाडौं । राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको छ ।

माइतीघर मण्डलबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर चोक जान खोजेका राहत शिक्षकलाई प्रहरीले निषेधित क्षेत्र भन्दै चोकमा पुग्नबाट रोकेको थियो । शिक्षकले जबरजस्ती गरेपछि प्रहरीले आश्रुग्याँस तथा पानीका फोहोरा हानेका थिए ।

उक्त प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् ।

यसअघि आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

मुलुकभर ४० हजार राहत शिक्षक छन् । प्रस्तावित विधेयकमा राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ । शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस