स्वयंवर सकेपछि बेहुली फरार ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्वयंवर सकेपछि बेहुली फरार !


प्रशासन संवाददाता

२० फाल्गुन २०७५, सोमबार


जनकपुर । धनुषामा बिहेको स्वयंवरपछि बेहुली फरार भएकी छन्।

सहिदनगर नगरपालिका–३ यदुकुहाको महरा टोलमा गए राति स्वय‌ंवर सम्पन्न भएपछि बेहुली फरार भएकी हुन्। बेहुली हराएपछि उनी पहिलेदेखि नै प्रेममा रहेर अर्कैसँग भागेको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय यदूकुहाले जनाएको छ।

धनुषाको सबैला नगरपालिका–३ बाट यदुकुहाबाट बेहुलापक्षबाट जन्ती आएका थिए।

यदुकूहाका प्रहरी नीरिक्षक भीम खड्काका अनुसार १ बजे स्वयंवर सम्पन्न भएलगत्तै आँखा छलेर बेहुली फरार भएकी हुन्। प्रहरीले उनको खोजी तीव्र बनाएको छ।

बेहुली फरार भएपछि टोलमा खैलाबैला मच्चिएको छ भने बेहुला पक्षसँग बेहुली पक्षको आन्तरिक छलफल भइरहेको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस