मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मासुको गुणस्तर कायम गर्न दश पसललाई अनुदान


२० फाल्गुन २०७५, सोमबार


काठमाडौं । मासुको गुणस्तर सुधार गर्न काठमाडौं महानगरपालिकाले दश वटा मासु पसललाई अनुदान रकम उपलब्ध गराउने भएको छ । चालु आवमा मासुको गुणस्तर सुधार गर्न ३० वटा मासु पसललाई अनुदान दिने भनिए पनि मापदण्ड अनुरुप निवेदन प्राप्त नभएकाले दश पसललाई मात्रै रकम उपलब्ध गराउने भएको हो ।

महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन मागे पनि निवेदन कम परेको र परेको निवेदन पनि मादण्ड नै नपुगेकाले दश वटालाई मात्रै अनुदान दिइने जनाइएको छ ।

प्राप्द निवेदनका आधारमा तीन वटालाई साझेदारीमा मिटमार्ट स्थापना कार्यक्रम अन्तर्गत जनही १५ लाख, चार वटालाई मासुजन्य उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत जनही पाँच लाख र तीन वटालाई मासु सुधार कार्यक्रम अन्तर्गत जनही एकलाख अनुदान दिइने भएको छ ।

छनोटमा परेका व्यवसयीहरु अहिले अनुदानबाट प्राप्त रकमबाछ तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन् । रकम उपलब्ध गराउने आधार भने व्यावसायीक कार्य योजना, अहिलेको पूर्वाधार, सुधार गर्नसक्ने आधार जस्ता सूचक रहेका छन् ।

व्यवसायीले सञ्चालन गर्न लागेको रकमको ५० प्रतिशत कामपाबाट पाउने छन् भने अन्य रकम सञ्चालक स्वयंले नै बेहोर्नु पर्ने हुन्छ । व्यवसायीलाई प्रोत्साहित गर्न अनुदान दिन खोजेको कामपाले जानारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस