सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गरिन्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गरिन्छ : प्रधानमन्त्री ओली


२० फाल्गुन २०७५, सोमबार


कर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् । सेना दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्नेमा प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरेका छन् । “नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पुर्‍याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “ यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।”

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा प्राकृतिक विपत्तिका बखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्धार कार्यमा खटिने समस्त सैनिकप्रति धन्यवाद ज्ञापन गरेका छन् । नेपाली सेनाले विगतमा झैँ आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारी कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस