जीविकोपार्जन सुधार कार्यक्रमका लागि प्रस्ताव आव्हान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जीविकोपार्जन सुधार कार्यक्रमका लागि प्रस्ताव आव्हान


प्रशासन विशेष ब्युरो

२० फाल्गुन २०७५, सोमबार


काठमाडौँ । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रमका लागि पुनः प्रस्ताव आव्हान गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालु आर्थिक वर्षका लागि प्रत्येक प्रदेशबाट सिलवन्दी प्रस्ताव पेस गर्न आव्हान गरेको हो ।

महिला मात्र सङ्गठित भई सहकारी ऐन वा सङ्घ संस्था दर्ता ऐन अनुसार दर्ता भई कार्य सञ्चालनमा रहेका संस्था, समूह, सहकारी तथा सञ्जालले प्रस्ताव पेस गर्न सक्नेछन् ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति चैत ५ गते १२ बजेभित्र महिला तथा बालबालिका विभाग, श्री महल,पुलचोक, ललितपुर रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस