फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जनाको अवस्था गम्भीर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जनाको अवस्था गम्भीर


१९ फाल्गुन २०७५, आइतबार


पोखरा । फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जना गम्भीर घाइत भएका छन् । सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसक्दा फेवातालमा खसेको प्रहरीले जनाएको छ ।

प्याराग्लाइडिङमा एकजना मात्रै रहेको र उनलाई प्रहरीले उपचारको लागि पोखराको मेट्रोसिटि अस्पताल लगेको छ ।

प्याराग्लाइडिङ खसेको १० मिनेटमै प्रहरीले घटनास्थल पुगेर उद्धार गरेको थियो । तालको मध्यभागमा खसेको प्याराग्लाडिङको उद्धारका लागि ५ वटा डुंगा परिचालन गरिएका थिए ।

प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस