२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सि.सं.२५ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह सम्पन्न

अ+ अ-

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि।सं।२५ कमाण्ड तथा स्टाफ तालिमको आज प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।

उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलो पटक एक जना महिला सहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १र१ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६२ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी आज दिक्षित भएका छन् । सि.सं. १७ ९सन् २०१०० बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्न देशका ७३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भईसकेका छन् ।

उक्त तालिमको Masters in Strategic Studies (MSS) Programme तथा समग्र तालिममा नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्की प्रथम भएका छन् । MSS को अध्ययनमा गरिने सोधपत्र (Thesis Work)अर्थात् Commandant’s Paper तर्फ सेनानी सुनिल बिष्ट र सेनानी प्रतिकसिंह कार्की संयुक्त रुपमा प्रथम भएका छन् ।

उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी श्री थापाले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम भएका नेपाली सेनाका सेनानी प्रतिकसिंह कार्कीलाई उत्कृष्ट शिक्षार्थी पुरस्कारु (Best Student Award)प्रदान गर्नुको साथै दिक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई ‘PSC’ (Passed Staff College)Award)प्रमाण(पत्र वितरण रेका थिए । सोही अवसरमा उनले उक्त कलेजको वार्षिक मुखपत्र दि शिवपुरीु जर्नलको २०औं संस्करण विमोचनसमेत गरेका थिए ।

सोही क्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले MSS Programme तर्फ सर्वप्रथम भएका शिक्षार्थी सहित उत्तीर्ण सबै स्वदेशी तथा विदेशी शिक्षार्थी अधिकृतहरुलाई प्रमाण(पत्र वितरण गरेका थिए । त्यसैगरी, उक्त कलेजका शिक्षाध्यक्ष उपरथी श्री इश्वर हमालले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान रेका थिए ।

उक्त दीक्षान्त समारोहको दौरान कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री हमालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको दौरान प्रधानसेनापति महारथी श्री थापाले यस तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन गहन भूमिका खेलेको बताएका छन् ।

साथै नेपाली सेनामा यस तालिमको महत्व, आवश्यकता, औचित्य र प्रभावकारीताको बारेमा समेत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.तिर्थराज खनियाले त्रिभुवन विश्व विद्यालय विश्वको १००० उत्कृष्ट विश्वविद्यालय भित्र पर्नमा यस सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सहभागी विदेशी शिक्षार्थीहरु र यस शिक्षालायले प्राप्त गरेको नतिजाले अहम् भूमिका खेलेको बताएका छन् ।

उक्त कार्यक्रममा, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, विभिन्न विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको थियो ।