प्रधानसेनापति र बेलायती रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानसेनापति र बेलायती रक्षामन्त्री बीच शिष्टाचार भेटवार्ता


प्रशासन संवाददाता

९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायतका रक्षामन्त्री मार्क ल्यान्कास्टरबीच बिहीबार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा प्रधानसेनापति थापा र मन्त्री ल्यान्कास्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री ल्यान्कास्टरले प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको भन्दै भविष्यमा सहकार्य समेत गरी अगाडी बढ्न सकिने धारणा राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस