अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौंमा « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

अष्ट्रियाका विदेशमन्त्री करिन काठमाडौंमा


९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल नेपालको तीन दिने औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आई पुगेकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आएकी उनले आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी र परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस