काठमाडौं । प्रहरीले काठमाडौंको एक भट्टीमा छापा मार्दा अवैध मदिरा बरामद गरेको छ ।
काठमाडौं महानगरपालिका-६ स्थित नागेश्वर गल्लीमा रहेको जस्ताका टहराहरुमा प्रहरीले १७ हजार लिटर अबैध घरेलु मदिरा बरामद गरेको हो ।
अवैध मदिरा बनाउने गरिएको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको टोलीले उक्त ईलाकामा छापा मार्दा घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ १५ हजार ७०० लिटर तयारी र १ हजार ५०० लिटर कच्चापदार्थ बरामद गरेको हो ।
त्यस्तैगरी, ग्यास चुलो ३ थान, सिलिण्डर ३ थान, ७८ थान २ सय लिटरको प्लाष्टिकको ड्रम ४० वटा र ४० लिटरको ड्रम बरामद गरेको छ ।












