शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालद्धारा विद्यालयलाई रु १५ लाख सहयोग « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालद्धारा विद्यालयलाई रु १५ लाख सहयोग


९ फाल्गुन २०७५, बिहिबार


वामी । गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि शिक्षाप्रेमी हवल्दार डालेश्वर भुसालले रु १५ लाख सहयोग गरेका छन् ।

मुसिकोट नगरपालिका–१ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी हवल्दार भुसालले आफ्नो जग्गासहित रु १५ लाख, एक हजार, एक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

विद्यालयमा फागुन १ गतेदेखि हीरक महोत्सवमार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञको सातौँ दिनका अवसरमा उक्त सहयोग रकम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस