उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उत्तर कोरियासँगको आगामी बैठकप्रति ट्रम्प आशावादी


प्रशासन संवाददाता

९ फाल्गुन २०७५, बिहिबार


Temporary Protected Status

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले वार्ताका बारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताए ।

यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन तर पनि मलाई लाग्छ त्यो बैठक सफल हुनेछ– उनले भनेका छन् । उनले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेको भन्दा अझै सुधार आउने धारणा राखे ।

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने धारणा उनले राखेका छन् । राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताएका हुन् ।

अमेरिकाले वास्तविक रुपमा उत्तर कोरियाको नाकाबन्दीको हटाउन चाहेको तर पनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्ण रुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस