वीरअस्पताल अगाडिबाट लागूऔषध र नगदसहित एक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वीरअस्पताल अगाडिबाट लागूऔषध र नगदसहित एक पक्राउ


९ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

महाबौद्धस्थित वीरअस्पताल अगाडिबाट खैरो हिरोइन सात ग्राम साठी मिलिग्राम सहित एक जना लाई पक्राउ पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीको विशेष टोलीले बर्दियाको राजापुर–७ घर भई बाँकेको नेपालगन्ज –५ बस्ने ३६ वर्षीय कैलाश चौधरीलाई पक्राउ गरको हो । चौधरीको साथबाट प्रहरीले ७ ग्राम ६० मिलिग्राम खैरो हिरोइन, नगद रु. ४८००० र मोबाइल दुई थान बरामद गरेको छ ।

निज चौधरीलाई लागूऔषध, नगद र मोबाईलसहित नियन्त्रणमा लिई महानगरीय प्रहरी बवृत्त स्वयम्भुबाट अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस