लेखापालको समायोजन विवरण आज नआउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लेखापालको समायोजन विवरण आज नआउने


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौँ । आज राति सार्वजनिक गर्ने भनिएको लेखापालको समायोजन विवरण रोकिएको छ ।

लेखापालको समायोजन विवरण तयारी अवस्थामा रहेको भनिएपनि अन्तिम अवस्थामा प्राविधिक कारणले सार्वजनिक गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।

‘आजै राति सार्वजनिक गर्ने गरी तयारी गरिएको थियो,’ स्रोतले प्रशासनलाई भन्यो, ‘तर पाँचौँ र छैटौँमा समायोजन हुने कर्मचारीको विवरण एकापसमा जुधेका कारण मिलाउन केही समय लाग्ने भएको छ ।’

टोलीले राति पनि काम गरिरहेकोले जति सक्दो चाँडो विवरण सार्वजनिक हुने उनले बताएका छन् ।

र यो पनि, 

२१८१ जना लेखापालको समायोजन आज

Tags :
प्रतिक्रिया दिनुहोस