यार्सागुम्बासहित एक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यार्सागुम्बासहित एक पक्राउ


७ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त कमलपोखरीले मोटरसाइकलमा लुकाएर ल्याएको यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले बा८९प ३६३८ नंको मोटरसाइकलमा यार्सागुम्बा लिएर हिँडिरहेको अवस्थामा कमलपोखरीबाट चितवनका सुजन थारूलाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ परेका थारूसँग प्रहरीले ११८ वटा यार्सागुम्बा, ४३ हजार ५५० नेपाली रुपैँया, २० अमेरिकन डलर बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस