२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्मीका कपडा बनाउन तयारी पोशाक उद्योगलाई चटारो

अ+ अ-

बाँके । विगतका वर्षहरुमा शीतलहरले आक्रान्त बनाउने बाँके र बर्दियामा यस वर्ष शीतलहरको प्रभाव परेन । एकदुई दिन हुस्सु लागे पनि दिनभर घाम लागेपछि पुसमाघमा पनि बाँकेबासीले चिसोको सामना गर्नुपरेन । माघ अन्तिम तीन दिन लगातार झरी परेपछि केही चिसो महसुस गरे बाँकेबासीले ।

फागुन लागेसँगै बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेको छ । फागुन महीनाको शुरुआतमै गर्मीको अनुभव हुन थालेपछि यस वर्ष यहाँको तामक्रम उच्च हुने आकलन भइरहेको छ ।

बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेसँगै नेपालगञ्जका कपडा व्यवसायीहरुले जाडोका लागि बिक्रीमा राखिएको कपडा थन्काउन थालेका छ । कपडा व्यवसायीहरुले आफ्ना पसलमा गर्मीका कपडाहरु झुण्ड्याउन थालेका छन् भने नेपालगञ्जका तयारी पोशाक उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो छ ।

यतिबेला यहाँका तयारी पोशाक उद्योगका कामदार टिर्सट, हाफपाइन्ट, पाइन्टलगायतका गर्मीमा लगाउने कपडा बनाउन रातदिन व्यस्त छन् ।

‘तयारी पोशाक उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ’ कमल गार्मेन्ट उद्योगका सञ्चालक टङ्कसिंह धामीले भने, ‘अहिले उत्पादन शुरु ग र्‍यौँ भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ ।’ कमल गार्मेन्ट उद्योगमा कार्यरत कामदारहरु टिर्सट, हाफपाइन्ट, पाइन्ट लगायतका गर्मीमा लगाउने कपडा सिलाउन व्यस्त छन् । नेपालगञ्जमा दुई दर्जन बढी तयारी पोशाक उद्योग सञ्चालनमा छन् ।

सीमित उद्योगहरु ठूलो लगानीसहित सञ्चालनमा छन् भने अन्य उद्योग सानो लगानीका छन् । यी उद्योगहरुले कच्चा पदार्थ बाहिरबाट ल्याएर यहाँ कपडा उत्पादन गर्ने गर्छन् । नेपालगञ्जमा तयारी पोशाक उद्योगको ठूलो बजार भएकाले यहाँ उत्पादन भएका कपडाहरु ५ नम्बर प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ ।

न्यू लुम्बिनी गार्मेन्ट उद्योगका सञ्चालक कश्मीरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो । मौसमअनुसारका कपडा उत्पादन हुने गरेको उनले बताए । ‘अहिले गर्मीयामको कपडा उत्पादन गर्न शुरु गरिसकेका छौँ’, कश्मीराले भने, ‘हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौँ ।’