देशकै नमूना अभियान हनुमन्ते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशकै नमूना अभियान हनुमन्ते


प्रशासन संवाददाता

१ फाल्गुन २०७५, बुधबार


काठमाडौं । हनुमन्ते नदी सफाइ मूल समारोह समितिले अहिलेसम्म ७२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । वाग्मतीको सहायक नदीको रुपमा बग्ने उक्त नदी सफाइ अभियानको ५१औँ हप्ताको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्थानीयको श्रम र लगानीमा अभियानले देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको बताए ।

उनले अब सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र सवारी चापमुक्त भक्तपुर बनाउन आफूले प्राथमिकता दिएकोे बताए ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले अभियानअन्तर्गत अरनिको राजमार्ग तथा त्यस आसपासका सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ गर्दै आएको बताए ।  ‘उठौँ, जागौँ, हनुमन्ते नदी सफा गर्न लागौँ’ भन्ने मूल नारासहित शुरु भएको उक्त अभियान यही फागुन ४ गते ५१ हप्तामा प्रवेश गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस