हतकडीसहित भागेका दमाईलाई गोली हानेर पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हतकडीसहित भागेका दमाईलाई गोली हानेर पक्राउ


१ फाल्गुन २०७५, बुधबार


pakrau

कैलाली । प्रहरीले जिल्ला अदालत कैलालीबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई गोली हानेर पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका दमाई म्याद थपकालागि जिल्ला अदालत ल्याइएका थिए ।

लम्कीचुहा नगरपालिका घर भएका २३ वर्षीय दमाई जिल्ला अदालत ल्याइएको बेला हत्कडीसहित फरार भएका थिए । उनलाई धनगढी उपमहानगरपालिका–७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

खुट्टामा गोली लागेका दमाईलाई उपचारका लागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस