अधिकारबारे सचेत बनाउन मजदुरलाई प्रशिक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अधिकारबारे सचेत बनाउन मजदुरलाई प्रशिक्षण


१ फाल्गुन २०७५, बुधबार


रुपन्देही । पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ ।

अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरको सहभागिता छ ।

यातायात क्षेत्रमा कार्यरत मजदुरलाई सामाजिक र राजनीतिक संवादको माध्यमवाट नेतृत्व विकासका लागि सशक्तीकरण गर्नु प्रशिक्षणको उद्देश्य रहेको जर्मनी संस्था एफइएसकी नेपाल प्रतिनिधि समीरा पौडेलले बताइन् ।

सन् १८९६ मा स्थापना भएको अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठनमा १३९ राष्ट्रका दुई करोड मजदुर र ६७७ युनियन आवद्ध रहेको साउथ एशियाकी युवा संयोजक आरती असधितले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस