विभिन्न जिल्लामा एकै दिन ५ जना मृत अवस्थामा फेला « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

विभिन्न जिल्लामा एकै दिन ५ जना मृत अवस्थामा फेला


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


काठमाडौं । नुवाकोट, कास्की, रौतहट, तनहुँ र उदयपुरमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।

नुवाकोट तार्केश्वर गाउँपालिका-२ टापुस्थित त्रिशुली नदीको किनारामा हाल नाम, थर,वतन नखुलेकी करिब ६५ वर्षीया महिला सोमबार दिउसो मृत अवस्थामा फेला परेकी छन् ।

त्यसैगरी कास्की पोखरा महानगरपालिका-३२ राजचौतारास्थित तालखोलाको किनारमा सोही ठाउँ बस्ने ६० वर्षीय नरबहादुर परियार सोमबार दिउसो मृत अवस्थामा फेला परेका छन् । आइतबार सांझ देखी हराएकोमा उनलाई खोजी गर्ने क्रममा सोही ठाउँस्थित तालखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै रौतहट चन्द्रपुर नगरपालिका-४ स्थित जंगलमा सोही ठाउँ पौराई बस्ने ३५ वर्षीय खडकप्रसाद अधिकारी सोमबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी तनहुँ शुक्ला गण्डकी नगरपालिका-८ मालेबगर बस्ने ४६ वर्षीय रामबहादुर मल्ल आफ्नैघर देखी ६ सय मिटर पर सडकमा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

उदयपुर चौडण्डीगढी नगरपालिका-७ लामाचौरी बस्ने ४९ वर्षीया बिवा परियार सोही ठाउँस्थित लाटी खोलाको बगरमा सोमबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस