काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालयमा राजिनामा बुझाएका छन् ।
शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले १४ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको थियो ।







