२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी–जोमसोम सडक कालोपत्र हुँदै

अ+ अ-

गलेश्वर । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ ।

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिए । कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजना हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्षभित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गरे ।

बेनीबजार संरक्षणका लागि प्याकेजमा निर्माण शुरु

उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि तटबन्ध निर्माण कार्य शुरु भएको छ ।

पोखराको रुपाताल एकीकृत संरक्षण विकास परियोजनासँग सम्झौता गरी उपभोक्ता समितिमार्पmत शुक्रबारदेखि काम शुरु गरिएको हो । चार उपभोक्ता समिति गठन गरी निर्माणकार्य थालिएको बेनी नगरपालिका–८ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए।

ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्दा बढी समय लाग्ने भएकाले चार वटा प्याकेजमा विभाजन गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयनलाई अगाडि बढाइएको उनको भनाइ थियो ।

रु दुई करोड ८५ लाख लागतमा निर्माण हुन लागेको आयोजनामा स्थानीयवासीको १० प्रतिशत श्रमदान रहने वडाध्यक्ष बराइलीले बताए । तीन महीना (वैशाख) सम्ममा सक्ने सम्झौता भए पनि उपभोक्ता समितिले डेढ महीनामा नै निर्माण सम्पन्न गर्ने गरी फास्टट्र्याकमार्फत निर्माणकार्य अगाडि बढाइने गणेश टोल कालीगण्डकी संरक्षण उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्मचार्यले जानकारी दिए ।

बेनी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीगण्डकी नदीको किनारमा १७१ मिटर ग्याविनसहितको अस्थायी पर्खाल र पहिलेको कंक्रिट पर्खाल संरक्षणका लागि १८० मिटरमा जाली बिछ्याइने उपभोक्ता समितिका अध्यक्ष कर्माचार्यले बताए।