धादिङ । यात्रुबाहक बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–७ का सवारी चालक ४५ वर्षीय शिव सिलवालको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।
दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडौँ ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको थियो ।
धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ।
३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ भने बाँकी १० को जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।







