सभामुखद्वारा सांसदको स्वास्थ्य स्थितिबारे जानकारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभामुखद्वारा सांसदको स्वास्थ्य स्थितिबारे जानकारी


प्रशासन संवाददाता

२६ माघ २०७५, शनिबार


काठमाडौं । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते भएका ५ नं प्रदेशसभा सदस्य उत्तरकुमार वलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभामुखले आज बिहान भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेर सघन उपचार कक्षमा उपचार गराइरहेका सांसद वलीको स्वास्थ्यस्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकबाट जानकारी लिएका हुन् ।

सांसद वली गम्भीर घाइते भएपनि अब खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका सभामुखको सचिवालयले जनाएको छ । उनले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।

आजै नेकपा संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले पनि उनको स्वास्थ्यस्थितिबारे जानकारी लिए । दाङ क्षेत्र नं ३ ख बाट निर्वाचित प्रदेश सांसद वली बिहीबार बेलुका घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस