२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीमा चट्याङ लागेर दुई घाइते

अ+ अ-

सिन्धुली । सिन्धुलीमा आज पानी, हावाहुरीसँगै परेको चट्याङ लाग्दा दुईजना घाइते भएका छन् । कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

अहिले घाइतेलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ । दुवैजनाको हात र ढाडमा चोट लागेको र उनीहरुको अवस्था सामान्य नै रहेको उनले जानकारी दिए ।
सिन्धुलीमा बिहानैदेखि, हावाहुरी, केही स्थानमा असिना पानी परिरहेको छ । मेघ गर्जनसहित जिल्लाका धेरै भू–भागमा पानी परेको भएपनि क्षतिको भने अहिलेसम्म कतैबाट जानकारी नआएको उनले जानकारी दिए ।

यता लामो समयपछि वर्षा भएपछि हिँउदेबालीका कृषक उत्साहित भएका छन् । वर्षाले हिउँदे बालीलाई केही राहत मिल्ने भएको छ । आकाशे सिँचाइको भरमा परेका किसानले यसवर्ष समयमा नै मकै रोप्न पाउनेमा खुशी भएका छन् ।

सिँचाइको सहजता नभएका पाखो खेतीमा मकै रोप्नलाई उपयुक्त समयमा पानी परेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नहुँदा खानेपानीका मुहानसुक्न लागेको अवस्थामा समेत अब पानीका मुहान केही दिन रसाउने भएपछि स्थानीयवासी खुशी भएका छन् ।