संघीयताप्रति सरकार प्रतिबद्ध छ : कानूनमन्त्री ढकाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संघीयताप्रति सरकार प्रतिबद्ध छ : कानूनमन्त्री ढकाल


प्रशासन संवाददाता

२६ माघ २०७५, शनिबार


विराटनगर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय सरकार संघीयताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधान र संघीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिए ।

मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा छ भने ।

वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको छ भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गरे ।

चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उनले न्यायालयप्रति जनताको विश्वास बढाउन सरकारले न्याय परिषद्मा उचित परामर्श र छलफल भइरहेकामा पनि जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस