अवैध सुनका बालासहित दुई पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अवैध सुनका बालासहित दुई पक्राउ


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


काठमाडौं । प्रहरीले विदेशबाट भन्सार छली ल्याइएका अवैध सुनका गरगहनासहित आज दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित बसपार्कमा कतारबाट आएका शङ्कस्पद व्यक्तिको खानतलासी गर्दा उनीहरुको साथबाट ५०/५० ग्राम तौल भएका सुनका सात थान बाला बरामद गरिएको महानगरी प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको मलानिया गाउँपालिका–१ का २० वर्षीय सन्तोष यादव र धनुषाको जनकनन्दनी नगरपालिका–२ का २५ वर्षीय समिम साफी रहेका छन् । यादवको साथबाट चार थान र साफीको साथबाट तीन थान सुनको बाला बरामद गरिएको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान शुरु गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस