प्राविधिक शिक्षामा जोड दिनुपर्ने : प्रमुख डा. तुम्बाहाङ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्राविधिक शिक्षामा जोड दिनुपर्ने : प्रमुख डा. तुम्बाहाङ


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


उर्लाबारी । प्रदेश नं. १ का प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले साुमदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताएका छन् ।

आज मोरङको उर्लाबारी नगरपालिका–६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्नुहुँदै उनले शिक्षाको विकासमा सरकार योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने धारणा राखे । उनले स्थानीय तहमा शिक्षालाई माग र आवश्यकता बमोजिम प्राविधिक तथा व्यावसायिक बनाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडाले विगतका इतिहास पढाएर अहिलेको आधुनिक समयमा उपयुक्त नहुने उल्लेख गर्दै सरकारले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई जोड दिएको बताए । कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले स्वर्ण महोत्सव स्मारक अनावरण गर्नुका साथैँ विद्यालयको स्मारिका समेत विमोचन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस