बिरामीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तोडफोड, ६ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बिरामीको मृत्यु भएपछि भरतपुरको मनकामना अस्पतालमा तोडफोड, ६ जना पक्राउ


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


चितवन । भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । पीडितका आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाएका छन् ।

तोडफोडबाट अस्पतालको रिसेप्सनको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । तोडफोडबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस