Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सामुुदायिक विद्यालयमा आकर्षण कम


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


ललितपुर । महालक्ष्मी नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनका लागि स्थानीय बालबालिकाको आकर्षण कम देखिएको छ ।

त्यहाँका बासिन्दाको आर्थिक अवस्था सुदृढ, केही पुख्र्यौँँली सम्पत्तिको सुविधा हुँदा यी विद्यालयको तुलनामा धेरैजसो अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाएका हुन् ।

निजीमा विद्यार्थीलाई कडा नियम, प्रत्येक दिन विद्यालय अनिवार्य उपस्थित गराउने मनोवृत्ति, आवश्यकभन्दा बढी अतिरिक्त क्रियाकलापको सुविधा, आकर्षक किसिमको विद्यालय भौतिक संरचनाले निजीमा सकारात्मक प्रभाव पार्न सफल भएको महालक्ष्मी नगरपालिका सामुदायिक विद्यालयका स्रोतव्यक्ति राजेन्द्रविक्रम कार्कीले जानकारी दिए ।

महालक्ष्मी वडा नं १ देखि ४ सम्म इमाडोल क्षेत्र पर्छ । इमाडोलका–१० प्रतिशत, वडा ५ टिकाथलीका २० प्रतिशत, वडा नं ६ सिद्धिपुरका १५ प्रतिशत, वडा नं ७ चापाथली २५ प्रतिशत, वडा नं ८ लुभूका २५ प्रतिशत, वडा नं ९ लामाटारका ५० प्रतिशत र वडा नं १० लाकुरीभञ्ज्याङका ९५ प्रतिशत बालबालिका त्यहाँका सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।

कार्कीले भने, ‘एकको देखासिखीमा अर्काले निजी विद्यालयमा छोराछोरी पढाउने क्रम बढ्दै जाँदा यो विद्यालयप्रति स्थानीय व्यक्तिको मनोवृत्ति घटेको हो ।’

नेपालका ७७ जिल्लाबाट बसाइँसराइ गरेर त्यहाँ आएका बढीभन्दा बढी बालबालिका महालक्ष्मीको सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । त्यहाँ स्थानीय तह गठन भएपछि यी विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन विभिन्न पहलको शुरुआत भइरहेको छ । तर, त्यहाँका शिक्षक तथा बालबालिकाको समस्या विचार गरी आवश्यक सुधार गरेमा पक्कै यी विद्यालयप्रति आकर्षण बढ्ने जानकार बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस