२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानाध्यापकको कुटाइबाट विद्यार्थी घाइते

अ+ अ-

फिदिम । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीको कुटपीटबाट सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थी घाइते भएका छन् । उनलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

विद्यार्थी बस्ने बेञ्च बङ्ग्याएको विषयमा प्रधानाध्यापक खत्रीले बिहीबार कक्षा ९ का विद्यार्थीलाई सोधपुछ गर्नुका साथै सामान्य कुटपीट गरेका थिए । तर, आफू उक्त कार्यमा संलग्न नरहेको बताएका विद्यार्थी रोहित राईलाई प्रधानाध्यापक खत्रीले थप कुटपीट गरेको अभिभावक र उनका सहपाठीको भनाइ छ ।

खत्रीले टाउकोमा प्रहार गरेका कारण राई घाइते भएका छन् । उनलाई उपचारका लागि उनकै साथीहरुले पाँचथर जिल्ला अस्पतालमा भर्ना गराएका छन् । राईसँगै कक्षा ९ मा अध्ययनरत विद्यार्थी निशान सापकोटाका अनुसार सोही विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीका कारण बेञ्च वाङ्गिएको थियो ।

यद्यपि कक्षा ९ कै विद्यार्थीले २०/२० रुपैयाँ सङ्कलन गरी कुर्सी मर्मत गराएका थिए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवि घर भएका राई फिदिम डेरा गरी कक्षा ९ मा अध्ययन गर्दै आएका छन् ।

प्रधानाध्यापक खत्रीको कुटाइबाट घाइते राईले रिगटा लागेको बताइरहेको उपचारमा संलग्न जिल्ला अस्पतालका अहेब दीपक अधिकारीले बताए । कुटपीटका कुनै निल डाम नदेखिए पनि टाउकामा असर परेको हुनसक्ने अधिकारीको भनाइ छ । ‘टाउकोमा समस्या भएको भए सिटी स्क्यान गर्नुपर्छ । यसका लागि २४ घण्टा पर्खनुपर्छ’ अधिकारीले भने, ‘हामीले दुखाइ कम गर्ने औषधि दिएका छौँ ।’यही विद्यालयमा गतवर्ष एक विद्यार्थीमाथि शिक्षकबाट कुटपीट भएको थियो । आफूले प्राप्त गर्नुपर्ने अङ्कका विषयमा प्रश्न गर्दा विद्यार्थी कुटिएका थिए ।

यस पटक आफूले गल्ती नगरेको दाबी गर्दा प्रधानाध्यापकले मुड्कीले प्रहार गरेको सोही कक्षाका विद्यार्थीको गुनासो छ । गत वर्षको घटना सार्वजनिक भएपछि प्रधानाध्यापक तथा शिक्षकले घट्ना सार्वजनिक भएका विषयमा विद्यार्थीलाई सोधपुछ गर्नुका साथै विद्यालयबाट निकाला गरिदिने धम्की दिएका थिए ।