२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली संस्कृति र राष्ट्रियतामा नयाँ चिन्तनको खाँचो : नेपाल

अ+ अ-

काठमाडौं । पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालले नेपाली संस्कृति, इतिहास र राष्ट्रियतामा नयाँ चिन्तनको खाँचो रहेको आज बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागको आयोजनामा ‘नेपाली संस्कृति र राष्ट्रियता’ विषयमा आयोजित प्रवचन कार्यक्रममा साहित्यकार नेपालले संस्कृति इतिहाससँग जोडिने भएकाले यी दुई विषयलाई सँगसँगै लैजानुपर्ने औँल्याउँदै किंवदन्तीबाट नेपाली इतिहासलाई बाहिर ल्याउनुपर्ने बताए । ‘पश्चिमा मुलुकका विद्वान्ले लेखेको हाम्रो इतिहास छ, नेमुनिको कथा पनि असत्य हो, बिगार्ने विद्वान् भएपछि अब विद्वान्ले नै सपार्नु पर्छ’ नेपालले भने।

नेपालीले नेपालको वास्तविक इतिहास थाहा नपाएको जिकिर गर्दै उनले इतिहास जे पढियो प्रायः त्यो कथा मात्रै भएकाले त्यसलाई दन्त्यकथाबाट निकाल्नुपर्नेमा जोड दिए । अतिक्रमित संस्कृति नेपालीमाथि थोपरिएको र हामीसित भारत, चीन, मङ्गोलियाबाट आएको संस्कृति रहेकाले सबैभन्दा पहिले नेपालको इतिहासको पुनर्लेखन जरुरी रहेको नेपालले जिकिर गरे ।

नेपाल पौराणिककालदेखि नै स्वतन्त्र रहेको तर गरीब भएकाले नै वैचारिक र आर्थिक रुपमा आक्रमण भइरहेको बताउँदै उनले अब राष्ट्रियताको भाव जगाउनुपर्नेमा बेला आएको उल्लेख गरे । सानो मुलुकको सम्पत्ति नै राष्ट्रियता हो भन्दै नेपालले इतिहासलाई नयाँ ढङ्गले अध्ययन गर्न इतिहासविद् र संस्कृतिविद्लाई आग्रह गरे ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वाधीन र स्वाभिमानका साथ बाँचेको नेपालको गौरवका तन्तु कहाँ छ, त्यसलाई खोज्नुपर्ने बेला आएको बताए । पूर्वमन्त्री नेपालले उठाएका विषय नेपालमा विचारणीय रहेको बताउँदै उनले प्रायः नेपालको इतिहासको सन्दर्भ उल्लेख गर्दा पश्चिमा विद्वान्को निष्कर्षमा आधारित रहेको प्रष्ट्याए । केही श्रुति परम्परामा आधारित रहे पनि हामीले गरेका प्रक्षेपण अलि पछाडि रहेको उनले जिकिर गरे ।

‘पश्चिमका धेरै वैज्ञानिक भए पनि आग्रहरहित छैनन्’, कुलपति उप्रेतीले भने, ‘धेरै ग्रन्थ नेपालको गौरव र गरिमा विपरीतका छन्, बाबुराम आचार्यलगायतका ग्रन्थले पनि भनेको छ, खोजे अरु पनि भेटिन्छ ।’ उनले नेपाली संस्कृति र राष्ट्रियतामा साँच्चै नयाँ चिन्तनको जरुरी रहेको बताए ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले विद्वताको गर्जनले वैरीहरुलाई कर्कलाको पातझैँ बनाउनुपर्ने औँल्याए । उनले प्राज्ञिक विषयलाई समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै ‘हामी राष्ट्रमा अग्रगामी भई जागौँ’ भन्ने नारालाई राष्ट्रिय बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपालमा शासकीय परम्परामा इतिहास लेखनको परम्परा रहेकाले को कहिलेदेखि सत्तामा रह्यो, ऊ रहँदा संस्कृति, भाषा, परराष्ट्रनीति र परम्परा कस्ता बने, त्यसैको आधारमा इतिहास लेखिएको उल्लेख गरे । जनस्तरबाट भएगरेका आरोहअवरोहलाई ध्यानमा राखेर नयाँ ढङ्गको अध्ययन जरुरी रहेको उनको भनाइ थियो । ‘इष्ट इण्डिया कम्पनीका ब्रिटिस विद्वान्ले नेपालको बारेमा लेखे, त्यही अङ्ग्रेजी परम्पराको प्रवृत्तिलाई पछ्याइयो, त्यसैको आधारमा लेखन भएकाले त्यसको प्रभाव हाम्रोमा छ, अब नयाँ अध्ययन खोज जरुरी छ’, उपाध्यायले भने ।

नेपालको बहुभाषिक र बहुजातिका विषयमा वैज्ञानिक अध्ययन हुन नसकेको उल्लेख गर्दै उपाध्यायले भने,’कामेको बेलामा आगोमा होमिन्छ तर ऊ डढेको हुँदैन, यसको अध्ययन र खोजी किन नगर्ने ?’

पूर्वीय संस्कृतिलाई राम्ररी फैलाउन नसक्नु कमजोरी रहेको उल्लेख गर्दै उनले यस्तै अवस्था रहिरहे कालान्तरमा हाम्रो सम्पदाको प्याटेन्ट अधिकार (एकास्वाधिकार) नरहन सक्छ भन्नेतिर अहिलेदेखि नै ध्यान दिनुपर्नेमा जोड दिए । उनले विदेशीले मितिसहित लेखेको र हाम्रा विद्वान्ले तिथिमिति नलेखेकाले पनि हाम्रो लेखनलाई उनीहरुले काव्यका रुपमा व्याख्या गर्ने गरेको बताए ।