कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने दुई पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने दुई पक्राउ


२३ माघ २०७५, बुधबार


धनुषा । प्रहरीले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गर्ने दुई जनालाई धनुषाबाट पक्राउ गरेको छ ।

धनुषाको सबैला नगरपालिका–१० खरिहानी बस्ने कांग्रेस कार्यकर्ता उमेश कापरमाथि खुकुरी प्रहार गरेको आरोपमा मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खरिहानी बस्ने ३९ वर्षीय सतिश कापर र सोही ठाउँ बस्ने ६६ वर्षीय चन्द्र कापर रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ।

कांग्रस कार्यकर्ता उमेशमाथि सोमबार साँझ खुकुरी प्रहार भएको थियो। कांग्रसले जनकपुरमा निकालेको विरोध कार्यक्रममा सहभागी भई घर फर्किएका उमेशलाई ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरी खुकुरी प्रहार गरेका थिए।

खुकुरी प्रहार घटनामा संलग्न व्यक्तिहरु नेकपा कार्यकर्ता रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस